नागरिक पोष्ट News


प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी ,शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर लगायतको टोली तारकेश्वोर पाँचमानेको अवलोकनमा

1.9K

१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो । उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ । यसै क्रममा तारकेश्वरको पाँचमाने पनि उपयुक्तm गन्तब्य रहेको मेयर रामेश्वर बोहोराले साझापाना अनलाइनलाई बताए ।

सडक मानव मुक्त अभियान अन्तर्गत काठमाण्डुको तारकेश्वोर पाँचमानेमा निर्माण हुने आश्रमको प्रस्तावित निर्माण स्थलको अवलोकन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्य , शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर , तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा , उपमेयर भवानी डोटेल लगायतको उपस्थीती रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलेनै सडकका कोही भोकै रहँदैन, भोकले कोही मर्दैन त्यसको जिम्मा सरकारले लिन्छ भनेर यसअघि नै घोषणा गरेअनुसार आज स्थलगत निरिक्षण गरिएको मेयर बोहोराको भनाई छ ।

सोही योजनाअनुसार यो वर्षभित्रै काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने तयारी थालिएको छ ।

सोही अभियानका क्रममा पछिल्लो एक हप्तामा मात्रै १५ जनाको सडकबाट उद्धार गरिएको छ । उनीहरुलाई काठमाडौँ, ललितपुर र भक्तपुरको आश्रममा लगेर राखिएको छ । “गत वर्ष नै उपत्यकालाई बेसहारा सडक मानव मुक्त बनाउने योजना कोरोनाका कारण सफल हुन सकेन, अब छिट्टै घोषणा गर्ने गरी काम थालिएको छ”, ।

घोषणाका लागि काठमाडौँ महानगरलगायत विभिन्न स्थानीय तह, सङ्घीय सरकारका सरोकार राख्ने मन्त्रालयसँग समन्वय भइरहेको शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धरले साझा पाना अनलाइनलाइ बताए । काठमाडौँ उपत्यकामा सहयोगापेक्षी सडक मानव न्यून रहे पनि पेशेबर मगन्तेका कारण समस्या भइरहेको छ ।

उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ ।

 

Must View