नागरिक पोष्ट News


कोरोना भ्याक्सिनको सफलता, भ्याक्सिन २०२० को अन्तसम्म बजारमा आउने

2K
एजेन्सी : अक्सफोर्ड विश्‍वविद्यालय कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। विश्‍वविद्यालयले बनाएको भ्याक्सिन केही मानिसमा गरिएको प्रयोगले सफलता पाएको छ।

विश्‍वविद्यालयले परीक्षण गरेको भ्याक्सिनले मानिसमा कोरोना भाइरसको प्रतिरोधी क्षमता विकास गरेको छ। विश्‍वविद्यालयका अनुसार भ्याक्सिन एक हजार ७७ जनामा परीक्षण गरिएको थियो।

मानव शरीरमा गरीएको परीक्षणमा जुन ठाउँमा खोप लगाइएको थियो, त्यस ठाउँमा कोरोना भाइरसविरुद्ब लडन सक्ने एन्टिबडीको विकास गरेको थियो।

यसलाई क्याडोक्स वान एन कोभ-१९ नाम दिएको छ। यसको तीव्र रुपमा विकास भइरहेको छ। यो भ्याक्सिन जेनेटकली इन्जीनियर्ड भाइरसको सहायतामा तयार गरिएको थियो।

बिबिसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको छ। यो भ्याक्सिनले  इम्युन रेस्पोन्समा काम गरेको बिबिसीले जनाएको छ। 

Must View