नागरिक पोष्ट News


दुनियाँ कै सबैभन्दा धेरै सुन्दर युवती [तस्विरसहित]

1.7K

 सुन्दरताको कुरा गर्दा प्रायः मानिसहरू शारीरिक सुन्दरता हेर्छन । शारीरिक सुन्दरतामा धेरै मान्छेहरु आकर्षित हुन्छन् । उनीहरु प्राकृतिक रूपमा सुन्दर हुन्छन् । यस पृथ्वीमा केहि यस्ता देशहरू छन्, जहाँ सब भन्दा सुन्दर महिलाहरू पाइन्छन् । आज हामी त्यस्ता केही देशहरुका बारेमा चर्चा गर्न गइरहेका छौँ ।

टर्की टर्कीको आधिकारीक नाम गणतन्त्र टर्की हो । युरोप र एसियामा अवस्थित एक संवैधानिक गणतन्त्र राष्ट्र हो । यो मुख्य रूपमा पश्चिमी एसियाको अनातोलिया प्रायद्वीपमा अवस्थित छ र यसका केही सानो अंशहरू दक्षिणपूर्वी यूरोपको बल्कान प्रायद्वीप अवस्थित छ । पूर्वी त्राकया, युरोपमा अवस्थित तुर्कीको अंश हो जसलाई अनातोलियाबाट मारमारा सागर, बोसफोरूस र दार्दनेल्ज जलसंयोगी ले विभाजन गरेको छ जसलाई सामूहिक रूपमा तुर्केली जलसंयोगी भनिन्छ।

इस्तानबुल, यूरोप र एसियालाई विभाजन गर्ने इस्तानबुल, देशको सबैभन्दा ठूलो सहर हो, जबकि अन्कारा देशको राजधानी सहर हो। तुर्कीले यसको उत्तरपश्चिममा युनान र बुल्गारियासँग सीमा साझेदारी गर्दछ भने यसको उत्तरी भूभागमा कृष्ण सागरमा अवस्थित। यसको उत्तरपूर्वमा जर्जिया, पूर्वमा आर्मेनिया, अजरबैजान र इरान, दक्षिणपूर्वमा इराक, दक्षिणमा सिरिया, भूमध्य सागर र पश्चिम एजियन सागरले घेरेको छ।

ब्राजिल ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या भएको राष्ट्र हो ।क्षेत्रफल अनुसार यो देश विश्वको पाँचौं ठूलो देश हो भने जनसङ्ख्या अनुसार यो देश विश्वको पाँचौं ठूलो तथा चौथौं ठूलो लोकतान्त्रिक मुलुक हो। संसारको सर्वाधिक पोर्तुगेली भाषा बोल्ने जनसङ्ख्या यो देशमा छ।

यो देशको पूर्वमा आन्ध्र महासागर (ब्राजिलको तटीय क्षेत्र ७९४१ किमि लामो छ) उत्तरमा भेनेजुएला, सुरिनाम, गायना र फ्रेञ्च गायना पर्दछन्स उत्तरपश्चिममा कोलम्बियास पश्चिममा बोलिभिया र पेरुस दक्षिणपश्चिममा अर्जेन्टिना र पाराग्वे र दक्षिणमा उरुग्वे पर्दछन् । आन्ध्र महासागरमअ धेरै आर्किपेगालोहरू ब्राजिलका भूभागमा पर्दछन् जस्तै फर्‍न्याण्डो दे नोरोन्हा, रोकास अटोल, सेण्ट पिटर एण्ड पल रक्स, र ट्रिन्डेड र मार्टिम भाज रहेका छन् ।

फ्रान्स फ्रान्स युरोपमा रहेको एक देश हो । यसको राजधानी पेरिस हो । फ्रान्समा धेरै महत्त्वपूर्ण सहरहरू छन् । जसमध्ये केही हुन् आभिग्नोन, वोधु, लिज्ये, लिवोन, मार्सेइ , बोर्दो र तुलुज रहेका छन् । फ्रान्स युरोपियन सङ्गठनको सदस्य हो र यस सङ्गठनको सबैभन्दा ठूलो राष्ट्र पनि हो ।

फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ । जस्तै लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबार र नोत्र दाम लगायत रहेका छन् । फ्रान्सलाई ‘क्षेत्र’ र ‘विभाग’ मा राजनीतिक विभाजन गरिएको छ।

रुस रुस संसारको सबैभन्दा ठूलो राष्ट्र हो । यसको ठूलो भुखण्ड एसिया महादेशमा परे पनि राजधानी मस्को युरोपेली खण्डमा पर्दछ । रसिया नेपालको एक प्रमुख मित्र देश हो । यो देशले नेपालको महेन्द्र राजमार्गको पथलैया ढल्केबर खण्ड बनाइदिनुका साथै थुप्रै कारखाना खोलीदिएको थियो ।

रुस संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदको पाँच मध्ये एक स्थायी सदस्य हो । आसियानको एक सक्रिय वैश्विक साझेदार पनि हो । रुस साङ्घाई सहयोग सङ्गठन, जी–२०, युरोपेली परिषद , एसिया–प्यासिफिक इकोनोमिक कोपरेसन, अर्गनाइजेसन फर सेकुरिटी एण्ड को–अपरेसन इन युरोप, इन्टरनेसनल इन्भेस्टमेन्ट बैङ्क र विश्व व्यापार संघठन लगायत अन्य धेरै अन्तराष्ट्रिय संस्थाहरुको सदस्य पनि हो ।

इटाली इटाली आधिकारिक रूपमा इटाली गणतन्त्र, युरोपमा अवस्थित एक देश हो । यो देश प्रायद्वीपद्वारा विभाजित छ भने यसलाई युरोपको सबैभन्दा लामो हिमश्रृङ्खलाहरू आल्प्स र धेरै टापुहरूद्वारा घेरिएको छ। इताली दक्षिण मध्य यूरोपमा अवस्थित भएता पनि यसलाई पश्चिमी यूरोपको एक भाग मानिन्छ।

यसको राजधानी तथा सबैभन्दा ठूलो सहर रोम हो। देशको एकात्मक संसदीय गणतन्त्रले हो। यसले ३,०१,३४० वर्ग किलोमिटर वा ११६,३५० वर्ग माइल क्षेत्रफल ओगटेको छ। फ्रान्स, स्वीत्जरलान्द, अष्ट्रिया, स्लोभेनिया र भातिकन र सान मारिनोको केही भूभागसँग सीमा साझेदारी गरेको छ।

करीव ६ करोड जनसङ्ख्याको साथ, इताली युरोपेली सङ्घको तेस्रो सर्वाधिक धेरै जनसङ्ख्या भएको देश हो। प्रमुख भौगोलिक स्थान दक्षिणी युरोप र भूमध्यसागरमा भएका कारण इताली ऐतिहासिक रूपमा असङ्ख्य मानिस र संस्कृतिहरूको गृह बनेको छ।

भारत भारत वा गणतन्त्र भारत पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको सामुन्द्रिक किनारा ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौँ ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर–पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बङ्गलादेश र म्यानमार छन् ।

हिन्द महासागरमा यसको दक्षिण–पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलङ्का र दक्षिण–पूर्वमा इन्डोनेसिया छन्। भारत उत्तर–पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्।

पूर्वमा बङ्गालको खाडी र पश्चिममा अरब सागर छ। भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्। भारतको जनसङ्ख्या १२० करोड भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो।

युक्रेन युक्रेन पूर्वी युरोपमा अवस्थित एक राष्ट्र हो । युक्रेन पूर्वी यूरोपको ठूलो देश हो जुन आफ्नो अर्थोडक्स गिर्जाघर, कालो समुद्री तट र वन जंगलका पहाडहरूको लागि परिचित छ।

यसको राजधानी, कीभमा ११ औं शताब्दीको मोजाइक र फ्रेस्कोजसहित गोल्ड डोम भएको सेन्ट सोफियाको क्याथेड्रल रहेको छ। नीपर नदीलाई नियाल्नु भनेको कीभ पेचर्स्क लाभरा मठ परिसर हो, क्रिश्चियन तीर्थस्थल सिथियान चिहान अवशेष र म्याम्फाइड अर्थोडक्स भिक्षुहरू भएको क्याटाकम्बहरू रहेका छन् ।

भेनेजुएला भेनेजुएला दक्षिण अमेरिकाको उत्तरी तटमा रहेको एक देश हो । बिभिन्न प्राकृतिक आकर्षणहरू सहित यो देशका महिलाहरु धरै सुन्दर हुन्छन् । त्यहाँ क्यारिबियन तटमा इस्ला डे मार्गारीता र लस रोक्स द्वीपसमेत सहित उष्णकटिबंधीय रिसोर्ट टापुहरू छन् ।

उत्तरपश्चिममा एन्डिज माउन्टेन्स र मरिडाको औपनिवेशिक शहर हो, सियरा नेभाडा राष्ट्रिय निकुञ्ज भ्रमणको लागि आधार पनि हो । काराकास, राजधानी, उत्तरमा छ ।

संयुक्त अधिराज्य

ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य सामान्यतः युनाइटेड किङडम, युके वा ब्रिटेनको रूपमा चिनिन्छ। यो महाद्वीपीय यूरोपको पश्चिमोत्तर किनारामा अवस्थित एउटा विकसित देश हो। यो द्वीपीय देश हो।संयुक्त अधिराज्यले ग्रेट ब्रिटेनको टापु, आयरल्यान्डको टापुको उत्तरपूर्वी भाग र थुप्रै साना टापुहरू सामेल गर्दछ।

उत्तरी आयरल्यान्डले आयरल्यान्डको आयरल्यान्डको साथ भूमि सीमा बनाउँछ। अन्यथा, युनाइटेड किंगडम एट्लान्टिक महासागरले घेरिएको छ, पूर्वमा उत्तरी समुद्र, दक्षिणमा च्यानल र दक्षिण पश्चिममा सेल्टिक सागर छ, जसले यसलाई विश्वको १२ औँ सबैभन्दा लामो तटवर्ती रेखा प्रदान गर्दछ। आयरिश सागरले ग्रेट ब्रिटेन र आयरल्यान्ड अलग गर्दछ। यूनाइटेड किंगडम को कुल क्षेत्र २४००००वर्ग किलोमिटर छ।

क्यानडा क्यानडा उत्तर अमेरिकाको एक देश हो। त्यसको राजधानी ओटावा हो। त्यसको सबभन्दा ठूलो शहर टोरन्टो हो। क्यानडा उत्तर अमेरिकाको उत्तरमा स्थित दुनियाको दोस्रो सबै भन्दा ठूलो देश हो। क्यानडाको दुई अधिकृत भाषा छन्–अङ्ग्रेजी र फ्रान्सेली रहेका छन् ।

राष्ट्रिय सरकार द्विभाषे सरकार हो। क्षेत्रफलमा रुस मात्रै क्यानडाभन्दा ठूलो छ। यसको पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागरमा स्थित छ। यसको दक्षिण र उत्तर–पश्चिममा संयुक्त राज्य अमेरिका सँग भूसीमाहरू मिल्छ। क्यानडाको धरतीमा २५ हजार वर्ष पहिले बस्ने आदिमानवको चिह्न उपस्थित छन्। १५औं शताब्दीमा ब्रिटिश र फ्रान्सीसी अन्वेशकहरूले क्यानडाको पत्ता लगाएका थिए ।

संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका संवैधानिक सङ्घीय गणतन्त्रमा आधारित देश हो । उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । ५० वटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो । यहाँका ४८ राज्य प्रशान्त र एट्लान्टिक महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ ।

बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि.मि. मा फैलिएको संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।

स्विडेन स्विडेन युरोप महादेशको उत्तरमा रहेको स्कान्डिनेभिया प्रायद्वीपमा अवस्थित एउटा देश हो । यस देशको राजधानी र सबैभन्दा ठूलो सहर स्टकहोम हो। स्वीडेली भाषा यहाँ बोलिने प्रमुख र राष्ट्रभाषा हो। स्विडेन संवैधानिक र लोकतान्त्रिक राजतन्त्र भएको देश हो। स्वीडनको पश्चिम र उत्तरमा नर्वे, पूर्वमा फिनल्यान्ड तथा दक्षिणमा डेनमार्क रहेको छ।

स्विडेनको भूभाग ५,२८,४४७ वर्गकिलोमिटरमा फैलिएको छ जसमध्ये ४,०७,३४० वर्गकिलोमिटर जमीन क्षेत्र, ४०,०८० वर्गकिलोमिटरमा नदी र ताल तथा ८१,०२७ वर्गकिलोमिटर समुद्र क्षेत्र रहेको छ। यो युरोपेली सङ्घको तेस्रो ठुलो देश हो।

अफगानिस्तान अफगानिस्तानको आधिकारिक नाम इस्लामिक गणतन्त्र अफगानिस्तान हो । दक्षिण एसियामा अवस्थित भूपरिवेष्टित राष्ट्र हो । यो पूर्व र दक्षिणमा पाकिस्तान, पश्चिममा इरान, उत्तरमा तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा उत्तरपूर्वमा चीनले घेरिएको छ ।

यसको क्षेत्रफल ६५२,८६४ वर्गकिलोमिटर रहेको छ । अफगानिस्तान सन् २००७ अप्रिलबाट दक्षिण एसियाली सहयोग सङ्गठनको आठौँ सदस्य राष्ट्र बनेको थियो । पछिल्लो झण्डै आधा दशकदेखि जारी लडाँईका कारण अफगानस्तान अशान्त बनिरहेको छ ।

कोलोम्बिया कोलोम्बिया आधिकारिक रूपमा गणतन्त्र कोलोम्बिया हो । मुख्यतया दक्षिण अमेरिकामा अवस्थित एक राष्ट्र हो। यसका केही भूभागहरू उत्तर अमेरिकामा पनि पर्दछन्। कोलोम्बियालाई दक्षिणमा क्यारिबियन सागर, दक्षिण पश्चिममा पानामा, उत्तरमा इक्वादोर र पेरू, पूर्वमा भेनेजुएला, उत्तरपूर्वमा ब्राजिल र पश्चिममा प्रशान्त महासागरले घेरेको छ।

कोलोम्बिया ३२ वटा विभागहरू मिलेर बनेको छ भने देशको राजधानी जिल्लाका साथसाथै सबैभन्दा ठूलो सहर बोगोता हो। इस्ला दे मालपेलो, कायो रोन्कादोर, ब्लाङ्को सरेना सहित देशको क्षेत्रफल ११,४१,७४८ वर्ग किलोमिटर (४,४०,८३१ वर्ग माइल) रहेको छ। कोलोम्बिया दक्षिण अमेरिकाको पेरू, ब्राजिल र अर्जेन्टिना पछिको चौथो ठूलो राष्ट्र हो। यो विश्वको २५औँ ठूलो राष्ट्र हो भने स्पेनी भाषी राष्ट्रहरू मध्ये यो चौथो ठूलो देश हो। अमेरिकी देशहरू मध्ये यो ७औँ ठूलो राष्ट्र हो।

अर्जेन्टिना अर्जेन्टिनाको आधिकरिक नाम अर्जेन्टिनी गणतन्त्र हो । यो दक्षिण अमेरिकाको दक्षिणपूर्वमा रहेको देश हो । यस देशको उत्तरमा पश्चिममा, पारग्वे उत्तरमा, ब्राजिल उत्तरपूर्वमा, उरुग्वे र दक्षिण अटलान्टिक महासागर पूर्वमा रहेको छ । संसारको आठौँ ठूलो देश अर्जेन्टिना लेटिन अमेरिकी देशहरू मध्येको दोस्रो ठूलो देश हो ।

बुल्गेरिया बुल्गेरियाको आधिकारिक नाम गणतन्त्र बुल्गेरिया हो । यो दक्षिणपूर्वी युरोपमा अवस्थित राष्ट्र हो । बुल्गेरियाको दक्षिण पश्चिम, ग्रीस र टर्की गर्न उत्तर, सर्बिया र म्यासिडोनिया गर्न रोमानिया द्वारा सीमा छ, र पूर्व काला सागर रहेको छ । ११०.९९४ वर्ग किलोमिटर (४२,८५५ वर्ग मील) को एक क्षेत्र संग, बुल्गेरिया युरोपको १६औं सबै भन्दा ठूलो राष्ट्र हो ।

पाकिस्तान पाकिस्तान वा इस्लामी गणतन्त्र पाकिस्तान भारतको पश्चिममा अवास्थित एउटा इस्लामी गणतन्त्र हो । यहाँको प्रमुख भाषाहरू उर्दू, पञ्जाबी, सिन्धी, बलूची र पश्तो हो । राजधानी इस्लामाबाद र अन्य महत्त्वपूर्ण शहर कराची र लाहोर हो ।

पाकिस्तानमा चार प्रान्त छन– पञ्जाब, सिन्ध, बेलुचिस्तान र सूबा–ए–सरहद, यस लगायात पाक अधिकृत कश्मीर, शुमाली इलाका, कबाइली इलाका, र इस्लामावाद पनि पाकिस्तानमा रहेका छन् । पाकिस्तानको जन्म सन् १९४७ मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३० मा कवि (शायर) मुहम्मद इकबालले दुई–राष्ट्र सिद्धान्तको उल्लेख गरेका थिए ।

फिलिपिन्स फिलिपिन्स, आधिकारिक रूपमा फिलीपीन्स गणराज्य हो । दक्षिण पूर्व एशिया मा एक द्वीपसमूह हो । पश्चिमी प्रशान्त महासागरमा अवस्थित यसमा करिब ७ हजार ६४१ टापुहरू छन् जुन उत्तरदेखि दक्षिणसम्म तीन मुख्य भौगोलिक भाग अन्तर्गत व्यापक रूपमा वर्गीकृत गरिएको छ–लुजन, भिसास, मिन्डानाओ ।

डेनमार्क डेनमार्क उत्तर यूरोपको एउटा देश हो । डेनमार्कमा थुप्रै टापु छन, तर कुनै पहाड छैन। डेनमार्क एउटा राजतन्त्र भएको देश हो र त्यसको राजधानी कोपनहेगन हो। डेनमार्क उत्तरी युरोपमा स्थित एउटा स्कैंडिनेवियाई देश र डेनमार्क साम्राज्य (ग्रीनलैंड र फरो टापुलाई मिलाएर) का वरिष्ठ सदस्य हो।

यो नर्डिक देशहरूको सुदूर दक्षिण भागमा स्थित छ। मुख्य भूमिको दक्षिणी भाग जर्मनीसग जोडीएको छ। डेनमार्क स्वीडेनको दक्षिण पश्चिम र नर्वेको दक्षिणमा स्थित छ। डेनमार्कको सीमाना बाल्टिक और उत्तरी सागरसग जोडिन्छ।

Must View