म्याराडोनाको निधन: अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोकको घोषणा
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।
म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरेका थि
अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ ।
सन् १९८६ विश्वकप फुटबलमा म्याराडोनाले इङल्यान्ड विरुद्धको फाइनल खेलमा टाउकाले बल हान्नेक्रममा बलले हातलाई छोएको थियो, तर त्यही हातले छोएर भएको गोल सदर भयो । त्यही कारण उनको त्यो गोल गर्ने हातलाई “ह्यान्ड अफ गड” भनिन्छ ।
अर्जेन्टिनाका राष्ट्रपति अल्फ्रेडो फर्नान्डेजले म्याराडोनाले अर्जेन्टिनालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै म्याराडोनाले अर्जेन्टिनीलाई अति खुशी तुल्याउन अतुलनीय योगदान गरेको बताएका छन् ।
त्यस्तै सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए।
ए ।