नागरिक पोष्ट News


नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा र निर्वाचन गर्न सर्बोच्च अदालतले नरोक्ने

1.8K

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा र निर्वाचन गर्न सर्बोच्च अदालतले बाटो खोलिदिएको छ ।निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निवेदकका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघको साधारणसभा र निर्वाचन रोक्न माग गर्र्दै परेको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेसँगै अब महासंघको निर्वाचन नरोकिने भएको छ ।

आज बिहीबारदेखि शुरु भएको महासंघको साधारणसभा र निर्वाचन शनिबार सकिँदैछ । सामान्यतयाः कारण देखाउ आदेश जारी भएपछि सामान्य प्रक्रियामा पनि एक साताको समय लम्बिने भएकाले महासंघको निर्वाचन र साधारणसभा नरोकिने भएको हो ।

Must View