नागरिक पोष्ट News


दोलखा भीमसेनलाई १८ औ पटक पसिना आयो ! भीमसेनलाई पसिना आउदा देशमा के के भएको थियो

2.5K

भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको छ

दोलखा : सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ । 

मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १८ औं पटक पसिना आएको बताए । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा अर्चना गरेका छन् ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

सिनापछिदेशमा के के भयो ?

भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा केही न केही ठूला घटनाहरू हुने गरेको जनविश्वास छ । भीमसेनमा मन्दिरमा पसिनामा आउँदै ठुला घट्ना घटेका पनि छन् । यसलाई संयोग मान्नेको संख्या पनि छ तर घट्ना भने घटेका छन् ।

भीमसेनको शिलामा पहिलोपटक १९९० सालमा पसिना आएको थियो । त्यतिबेला भीमसेनको बायाँतर्फ पसिना आएकाले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षति भएको थियो।

दोस्रोपटक १९९७ सालमा भीमसेनको शिलामा पसिना आउँदा चारजना नेपाली नागरिकलाई झुन्ड्याएर फाँसी दिइएको थियो ।

त्यसैगरी २००७ सालमा भीमसेनलाई पसिना आउँदा १०४ वर्षे जहानिया राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । २०१८ सालमा भीमसेनलाई पसिना आउदा देशमा ठूलो बाढी पहिरो आई ठूलो क्षति भएको थियो ।

त्यस्तै २०२८ साल माघ महिनामा भीमसेनलाई पसिना आउँदा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको थियो । त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सङ्ग्रह भएको थियो । २०४५ साल चैतमा पसिना आउँदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भई देशमा बहुदलीय प्रजातन्त्र आएको थियो ।

त्यसैगरी २०५७ साल माघ १ र १५ गते भीमसेनलाई पसिना आएको थियो । पसिना आएको चार महिना नबित्दै दरवार हत्याकाण्ड हुन भएको थियो । त्यसैगरी २०६१ साल फागुनमा भीमसेनलाई पसिना आउँदा देशमा जनआन्दोलन भयो । २०६३ सालमा पनि भीमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो ।

Must View