नागरिक पोष्ट News


सोनाक्षी सिन्हाको समुन्द्रसँगको रोमान्स क्षणमा नै भाइरल

2.6K

काठमाडौं । चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि अन्य बलिउड सेलिब्रेटीहरू जस्तै माल्दिभ्समा छुट्टी मानाउँदै छिन् । सोनाक्षी सिन्हाले आफ्नो केही तस्विरहरु आफ्नो इन्स्टाग्राममा साझा गरिन् जसमा उनी समुन्द्रमा रमाईलो गरिरहेकी छिन् ।

आजकल रकुल प्रीत सिंह पनि परिवारसँगै माल्दिभ्समा रमाइलो गर्दैछिन् । फ्यानहरूले सोनाक्षी सिन्हाको यो फोटो मनपराइरहेका छन् । फ्यानहरूले कडा प्रतिक्रिया पनि दिइरहेका छन् । यी तस्विरहरु सेयर गर्दै गर्दा सोनाक्षी सिन्हाले आफूलाई आइरिश केटी भनेकी छिन्, जबकि दोस्रो तस्विरमा उनले पानीमा धेरै रमाईलो भएको बताइन् ।

यस तरिकाले सोनाक्षी सिन्हाका तस्विरहरूलाई प्रशंसकहरूले असाध्यै मन पराईरहेका छन् । सन् २०१० मा दबंग फिल्मबाट सोनाक्षी सिन्हाले बलिउड डेब्यू गरेकी थिइन । सलमान खानसँगको उनको फिल्म सुपरहिट भएको थियो । सोनाक्षी सिन्हाको अन्तिम रिलीज फिल्म ‘दबंग ३’ हो ।

Must View