नागरिक पोष्ट News


एकसाथ विवाहका पाँच गीत सार्वजनिक [भिडियो]

2.5K

काठमाण्डौ। गीतकार विनिता खनालले विवाह सम्बन्धि गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक गरेकी छन् । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यो एल्बममा पाँच गीत समावेश छन् ।

एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत) ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत) ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत) ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् ।

कार्यक्रममा यी पाँचवटै गीतका भिडियोसमेत एकसाथ सार्वजनिक गरिएको हो । विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ ।

रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन् । विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत रहेको छ । ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन् ।

पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा–दुलहीको भूमिकामा छन् । अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ ।

गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन् । भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । अमेरिकामा बसोबास गर्ने गीतकार खनालले छोराको विवाहको समयमा यी गीत लेखेकी थिइन् ।

Must View