बलात्कारको घटनामा अब कडा सजाय हुने, घटना मिलाउनेलाई पनि हुन्छ ३ वर्ष जेल सजाय
काठमाडौ । ब’ला’त्का’रका घटना दिनहुँ बढ्दै जान थालेपछि यस सम्बन्धी कानुन कडा बनाउनुपर्ने माग बढेदै गएको थियो । यस्ता घटना सम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश आइतबार मन्त्रिपरिषदले पारित गरेको छ। अध्यादेशमा यस अघि कानुनमा भएका कुरा भन्दा कडा सजायको ब्यवस्था गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश परित गरि राष्ट्रपति कार्यालयमा पठाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।
अध्यादेशमा यस्ता घटना मिलापत्र गराउनेलाई समेत कडा सजायको ब्यवस्था गरिएको छ । मिलापत्र गर्नेलाई ६ महिनादेखि ३ वर्ष कै’द र ३० हजार जरिवाना हुनेछ । सार्वजनिक पद धारण गरेको ब्यक्तिलाई थप सजाय पनि छ । मन्त्री शिवमायाका अनुसार त्यस्तो व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कै’द हुने व्यवस्था गरिएको छ ।
अध्यादेशले ब’ला’त्का’रको परिभाषलाई थप स्पष्ट पारेको छ । यस अघि यस्ता घटनामा महिलालाई मात्र जोडिएको हुन्थ्यो । अब पुरुष पनि पी’डि’त हुन्छन् भन्ने तर्फ पनि अध्यादेशले सोचेको छ । त्यसैले कानुनमा ‘महिला तथा बालिका’ब ला’त्का र भन्ने शब्द रहेकोमा अबदेखि ‘व्यक्ति’ भन्ने शब्द राखिएको छ।
अब १४ वर्षदेखि १६ वर्षसम्म व्यक्ति त्यस्तो घटनामा परेमा १२ देखि १४ वर्ष हुने कै’द सजायलाई बढाएर १२ देखि १६ वर्षसम्म पुर्याएको छ भने १६ देखि १८ वर्षको व्यक्तिलाई १० देखि १२ वर्षको कै’द सजायलाई बढाएर १० देखि १४ वर्षसम्म पुर्याइएको छ।
त्यस्तै अध्यादेशमा १८ वर्षभन्दा माथिकालाई अनैतिक कार्य गरेमा ७ देखि १० वर्ष कै’दको व्यवस्था परिवर्तन गरेर १० देखि १२ वर्ष कै’द गर्ने व्यवस्था गरिएको छ। त्यस्तै अध्यादेशले दो’षी ठहर भएका जेष्ठ नागरिकलाई कै’द छुट गर्ने व्यवस्था पनि हटाएको छ। अध्यादेशमा १० वर्ष मुनि र ७० वर्षमाथिका व्यक्तिलाई अनैतिक कार्य भएमा जन्म कै’द हुने व्यवस्थालाई यथावत नै राखिएको छ।