नागरिक पोष्ट News


गोविन्द अर्यालको नयाँ काँठे गीत ‘जुनदिन’ बजारमा

2.3K

५ मंसिर, काठमाडौं । लोक दोहोरी गायक गोविन्द अर्याल ९गोपी० र गायिका स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ काँठे लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतले साथ दिएका छन् ।

गीतमा संगम थापाको शब्द, सुफिक्स मदनको संगीत, नारायण दंगालको एरेन्ज, विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ छ । भिडियोमा अनु पराजुली र परमेश्वर दाहाल अभिनय रहेको छ । गीतमा दुलहीको रोलमा अहिलेको चर्चित लोकदोहोरी गायिका पार्वती बानियाँ बेहुली बनेकी छिन् ।

बानियाँ पछिल्लो समय लोकदोहोरी क्षेत्रकी चर्चित मिठो स्वरको धनि गायिकामा पर्छिन । उनले गाएका धेरै गीतहरु अहिले युट्युवमा आइरहेको छ । उक्त गीतको भिडियोमा धेरै लोकदोहोरी कलाकारहरुलाई समेत देख्न सकिन्छ । भावनात्मक मन छुने गीत एकपटक सबैले हेर्न सकिन्छ ।

Must View