नागरिक पोष्ट News


साढे दुई महिनामा ७६ बालबालिका उद्धार गर्ने प्रहरी अधिकृत सीमा

3.4K

काठमाडौं । सामाजिक सञ्जालमा एक महिला प्रहरीको चर्चा चुलिएको छ । भारत, दिल्लीको समैपुर बदली प्रहरी चौकीमा तैनाथ एक महिला हेड कस्टेबललाई आउट–टर्न प्रमोशन (पदोन्नति) दिइयो । हेड कस्टेबल सीमा ढाकाले साढे दुई महिनामा ७६ बालबालिकाको उद्धार गर्न सफल भएकी छिन् । यी मध्ये ५६ जना १४ बर्ष भन्दा कम उमेरका रहेका छन् ।

दिल्ली पुलिस कमिश्नर एनएन श्रीवास्तवले सीमा ढाकालाई आउट–टर्न पदोन्नति घोषणा गरेका हुन् । उनलाई प्रोत्साहन योजना अन्तर्गत पदोन्नति गरिएको हो । यस योजना अन्तर्गत पदोन्नति प्राप्त गर्ने सीमा दिल्ली प्रहरीको पहिलो अधिकारी भइन् । बालिकाहरु धेरै जसो नेपालबाट ल्याइएका हुन् । उनीहरुलाई प्रक्रिया पुर्याएर धेरैलाई नेपाल फर्काएको दिल्ली प्रहरीले जनाएको छ ।

सीमाका अनुसार उनका लागि सबैभन्दा चुनौतीपूर्ण घटनामध्ये यो वर्षको अक्टोबरमा पश्चिम बंगालबाट एक नाबालिकाको रिहाइ थियो । प्रहरी टोली डुङ्गामा यात्रा गर्यो र बाढीको समयमा बच्चालाई भेट्न दुईवटा नदीहरू पार गर्नुपरेको थियो ।

सीमा ढाकाले भनिन्, ‘दिल्ली, पश्चिम बंगाल, यूपी, बिहार, हरियाणा र पञ्जाबका केटाकेटीहरू बचाइएको छ । म महिनौंदेखि त्यस्ता विषयमा काम गर्दै थिए । म एक आमा हुँ र कसैले पनि आफ्नो बच्चा गुमाउन चाहँदैनन् ।’ उनले बच्चाहरूलाई बचाउन १४ देखि २४ घण्टा काम गरेको बताइएको छ ।

Must View