कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधि प्रयोग गर्न तुरुन्त रोकौं - डब्लुएचओ
2.1K
एजेन्सी । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर तत्काल प्रयोग बन्द गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आग्रह गरेको छ । विश्वका विभिन्न मुलुकमा संक्रमितका लागि प्रयोग गर्दै आएको सो औषधिलाई डब्लुएचओले संक्रमितको उपचार गर्ने औषधिको सूचीबाट हटाएको छ।
यो औषधी अमेरिका लगायतका मुलुकमा प्रयोग भइरहेको थियो । गम्भिर अवस्थाका संक्रमितमा औषधि प्रभावकारी भएको बताइदै आएको थियो । डब्लूएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न आग्रह गरेको छ। उक्त औषधि कोरोना निको पार्न प्रभावकारी भएको कुनै प्रमाण पाउन नसकिएको डब्लूएचओको दाबी छ।