नेपालमा साढे ५ हजार बालबालिकालाई कोरोना संक्रमण, वालबालिकालाई कोरोनाबाट कसरी सुरक्षित राख्ने
काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार ५६५ बालबालिका संक्रमित भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकामध्ये एक हजार ९०० जना काठमाडौंका छन् । देशभरि ११ वर्षदेखि २० वर्षका १४ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ८७ देशमा गरेको अनुसन्धान अनुसार हरेक ९ संक्रमितमध्ये १ जना अर्थात् करिब ११ प्रतिशत बालबालिका छन् ।
यी तथ्यांकले देखाउँछ बालबालिका कोभिड–१९ को जोखिमबाट मुक्त छैन ।
नगई नहुने अवस्थामा बाहेक बालबालिकालाई घरबाहिर जान नदिने, आफन्त वा पाहुनालाई घरमा नबोलाउने, जन्मदिन वा अन्य जन्मघट हुने कार्यक्रम नगर्ने, सम्भव भएसम्म फरक फरक शौचालय प्रयोग गर्ने, ठूलाले प्रयोग गरेको टावेल–काइँयो बालबालिकालाई प्रयोग गर्न दिन नहुने जनस्वास्थ्यविद्हरू बताउँछन् ।