नागरिक पोष्ट News


नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने

1.8K

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको एक सूचना मार्फत् जानकारी दिएको छ ।

निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने सुचना मार्फत जनाएको छ । व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बताएको छ ।

Must View