नेकपा सचिवालयको आजको बैठक सकियो
1.6K
३ मंसिर, काठमाडौं ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।