दीर्घ-कोभिड के हो ? किन लामो समयसम्म यसको असर ररिहन्छ Long Covid 19
सको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र दे’ख्न स’मस्या हुने, टाउको दु’ख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।
नर्थवेस्टर्न युनिवर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोरलनिकका अनुसार ज्वरो, खोकी वा श्वासप्रश्वास स’मस्या भन्दा पनि कोभिड सं’क्रमण सुरुमा न्यूरोलजिकल लक्षणहरूको देखा पर्न सक्छन् ।
अध्यनानुसर विभिन्न उमेर समूह, जाति र स्वास्थ्य अवस्थाका मानिसहरूमा भाइरस पूर्णरूपमा विचित्र तरिकाले प्रकट भइरहेको प्रष्ट देखिन्छ । को’रोना भा’इरसको सं’क्रमण घाँटीमा खसखस, ज्व’रो, खोकी र थ’कानबाट सुरु हुन सक्छ । तर, सबै मानिसहरूमा यस्तो हुन्छ भन्ने हुँदैन ।
धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, क’डा दु’खाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रो’ग बनेको छ।