नागरिक पोष्ट News


खुर्सानीको चमत्कार : खुर्सानी खान जान्नुभयो भने तनाव रोकिनेछ, डिप्रेसनसँधैका लागि हट्नेछ

3.4K

काठमाडौ । दिमागको हानिकारक नै तनाव हो । दिमाग स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । पछिल्लो समय धेरै मानिसहरु दिमागी अस्वस्थ छन् यो कसैबाट पनि लुकेको छैन। मानिसलाई तनावमा आउन खासै ठूलो कारण नै चाहिन्न कहिलेकाँही इन्टरनेटको ढिलो गति, कहिले ट्राफिक जाम, कहिले कामदारको आगमन वा कहिले कोही अनावश्यक पाहुनाहरूको आगमन, व्यक्ति यसै त्यसै तनावमा हुन्छ । उसका तनाव हर्मोन कोर्टिसोलको स्तर बढिरहेको हुन्छ । यो हर्मोन बढ्नु राम्रो हैन । यो बढिरहेको थाहा हुँदैन । जब उच्च हुन्छ नी यसले तपाईको दिमागी स्वस्थतामा धक्का दिन्छ ।

यद्यपि अमेरिकाको प्रख्यात मनोचिकित्सक नायदिन जोनीका अनुसार तनाव नियन्त्रण गर्न चिल्लो रहित खाना खान जरुरी छ । साथै प्रकृतिसँग समय खर्च गर्नु, मार्शल आर्ट अभ्यास गर्नु र योग–अध्यात्मको सहारा लिनु पनि अति उपयुक्त हुन्छ । यसले आफैलाई आफैमाथी हरेक कुरा राम्रो लाग्छ भन्ने भावना जगाउनमा धेरै सहयोगी हुन सक्छ। अरु हामी केही चमत्कारी कुराहरु बताउँदैछौ । जसले तपाईलाई हुने तनाव रोकिनेछ, डिप्रेसनसँधैका लागि हट्नेछ ।

१, खुर्सानीको चमत्कार विभिन्न अध्ययनहरूमा, खोर्सानीमा रहेको क्याप्साइसिन सेरोटोनिन र एन्डोरफिनजस्तो तत्वले राम्रो हार्मोनको स्राव बढाउन प्रभावकारी देखिएको छ। यसले मानिसलाई मानसिक स्वास्थ्यमा अति राम्रो गर्छ । क्लिभल्यान्ड क्लिनिकले हालसालै गरेको अनुसन्धानले २३ देखि २६ प्रतिशत मानिस जो खुर्सानी खान्थे उनीहरुको मुटु रोगका कारण हुने मृत्युबाट जोष्एिका थिए । त्यो अध्ययनको निश्कर्ष थियो । नियमित खुर्सानी प्रयोगकर्ताहरूमा हृदय रोग र क्यान्सरबाट हुने मृत्यु कम छ ।

२, मार्शल आर्टको अभ्यास मार्टेट आर्ट अभ्यासहरू जस्तै कराते, ताइक्वान्डो र इकिडोले शरीरलाई मात्र नभई दिमागलाई पनि विभिन्न खतराहरूको सामना गर्न तयार गर्दछ। उनीहरूको नियमित अभ्यासले राम्रो महसुस हर्मोन एन्डोरफिनको स्राव बढाउँदछ । जुन आत्मविश्वास बढाउनका साथै नकारात्मक भावनाहरूलाई कम गर्न पनि प्रभावकारी हुन्छ। यसले गर्दा उनीहरुको दिमागलाई स्वस्थ राख्न मद्धत गर्दछ ।

३, प्रकृतिका साथमा समय खर्च जापानमा, शिनेरिन–योकू भन्ने प्रकृतिसँग सम्पर्कमा हुँदा पाँचवटा इन्द्रियलाई जगाउने प्रक्रियाबाट डिप्रेशनको उपचार गरिन्छ । त्यसले के देखाएको छ भने जो व्यक्ति प्रकृतीको सामिप्यतामा जान्छ उसमा तनाव कम हुन जान्छ । जसले गर्दा उसको दिमाग स्वस्थ नै रहेको हुन्छ । यसैले विशेषज्ञहरूले घाँसमा खाली खुट्टा पैदल हिँड्न सल्लाह दिन्छन् । फूलहरूको बगैंचाको सौन्दर्यतामा डुल्न सुझाव दिन्छन् । चराहरूको चहलपहल सुन्न भन्छन् । जसले कोर्टिसोलको स्तर कम गर्न मद्दत गर्दछ। र खुशी जीवन बनाउँछ ।

 ४, योग–आध्यात्मिकता ध्यान र सास रोक्ने छोड्ने प्रक्रियाले तनाव हार्मोनको रिलीज घटाउने र फील–राम्रो हर्मोनको उत्पादन बढाउनमा प्रभावकारी हुन्छ भनिएको छ । एक अध्ययनले भनेको छ कि जब कुनै व्यक्ति तनावमा पर्छ, उसले छोटो सास लिन्छ। योग–आध्यात्मिकताले उनलाई लामो र गहिरो सास लिने कला सिकाउँदछ, जसले दिमाग र शरीरलाई आराम दिन मद्दत गर्दछ। जब दिमाग र शरीरमा आराम हुन्छ । उसको दिमाग नियन्त्रीत हुन्छ । स्वसथ हुन्छ ।

Must View