नागरिक पोष्ट News


हङकङको नेपाली रेष्टुरेण्टमा आगलागीमा ७ जना नेपालीको मृत्यु

1.6K

काठमाडौं। हङकङमा आइतबार राति भएको आगलागीमा परी ७ जना नेपालीको मृत्यु भएको छ। हङकङस्थित नेपालीहरुका अनुसार एक नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा केही बालबालिका र महिला पनि रहेको बताइएको छ। ७ जना मध्ये ४ महिला र ३ पुरुष रहेका छन्। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निंग पोस्टका अनुसार एक ९ वर्षीय बालकको पनि मृत्यु भएको छ।

समाचारअनुसार ठूलो संख्यामा अन्य नेपालीहरु घाइते भएका छन्। नेपालीले अनुमति नलिएर सञ्चालन गरिरहेको रेष्टुरेण्टमा आगलागी भएको जनाइएको छ।

Must View