नागरिक पोष्ट News


नयाँ दिल्लीमा भारी बर्षा : नेपालसम्म हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध

2.3K

काठमाडौं । भारतको केन्द्रीय राजधानी नयाँ दिल्ली लगायतका क्षेत्रहरुमा भारी वर्षा भइरहेको छ । लामो समयदेखि बढ्दै गईरहेको वायु प्रदुषणलाई यो वर्षाले त्यहाँ राहात पुर्याउने विश्वास लिइएको छ ।

भारतमा दिपावलीको माहौल तातिरहेको बेला वायु प्रदुषण थप बढ्नसक्ने अनुमान गरिएको थियो यो बीचमा राजधानीमा भएको वर्षाले वायु प्रदुषण रोक्नको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने जनाइएको छ । आज दिल्ली–एनसीआर, पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा बर्षा भइरहेको छ ।

अहिले पहाडका केही भागमा असिना र हिमपात भइरहेको छ । हिमपातका कारण तापमानमा गिरावट आएको छ । भारतको जम्मू–कश्मीर र हिमाचलमा हिजोदेखि नै असिना र हिँउ परिरहेको छ । जसका कारण अत्याधिक चीसो बढेको छ ।

नेपालमा के छ ? हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । केही क्षणिक बर्षाको सम्भावना छ ।

मौसम विश्लेषण (Meteorological Analysis):   हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ।

हालको मौसमको अवस्था (Present Weather Status): देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंसिर ०१ गते (सोमबार):

दिउँसो : देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर ० गते (मंगलबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली तथा भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ र सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

Must View