खानामा पनि कोरोना भाइरस ! चीनमा देखिएको अर्को तथ्यले विश्वभरी त्रास !
अहिले चीनमा देखिएको अर्को तथ्य विश्वभरी नै झनै त्रास मान्नुपर्ने विषय बनेको छ । चीनका दुई स्थानमा बाहिरबाट खरिद गरिएका खानाका बस्तुहरुमा कोरोना भाइरस फेला परेको छ । जुन फ्रिजमा राखिएका खाना थिए ।
विश्वभरी नै खानाका प्याकेटमा कोरोना भाइरस नरहेको भन्दै निर्धक्क खाना तथा बस्तुहरु आयात गर्न भनिएको थियो । तर त्यो हवाला असत्य भएको पुष्टि भएको छ । चीनमा आयातित जमेका चीजहरूको बाहिरी प्याकेजिङ्गमा कोरोनाभाइरसको अवशेष भेटिएपछि चीन नै त्रासमा देखिएको छ ।
अर्जेन्टिनाबाट उत्तरपश्चिम चीनको शानक्सी प्रान्तको राजधानी शीआनमा आयात गरिएको फ्रोजन पोर्कको बाहिरी प्याकेजिङ्गबाट लिइएको नमूना र पूर्वी चीनको शेन्डोंग प्रान्त सिशुइ काउन्टीमा आयात गरिएको फ्रोजन जलीय उत्पादको बाहिरी प्याकेजिङ्गको नमूना परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
यस्तो अवस्था आएपछि चीनले आकस्मिक बैठक बोलाएको छ । विदेशबाट आयातित बस्तुहरुको बारेमा जानकारी संकलन गरेर ती बस्तुहरुलाई कसरी भाइरस मुक्त गर्ने भन्ने रणनीतिमा लाग्न चीन सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिइसकेको स्थानीय चिनियाँ अधिकारीहरूले बताएका छन् ।
यो पहिलो पटक पुष्टि भएको तथ्य हो । सचेतनाका लागि सबैमा सेयर गरिदिनुहोला । बाहिरको खाना ल्याउँदा एकदम होसियारी अपनाउँनुहोला । भरसक बाहिरको खाना नल्याउँनुहोला ल्याउनै गरेमा राम्रोसँग छोएर वा कोरोना भाइरसको किटाणु नाशक प्रयोग गरेर मात्र प्रयोग गर्ने वा छुने गर्नुहोला ।
समाचार स्रोत : CGTN