नागरिक पोष्ट News


भाइटीकाको लागि मंसिर एक गते अशुभ छ र ? पञ्चाङ्ग निर्णायक समिति यस्तो जवाफ

2.1K

काठमाण्डौं । अहिले बजारमा एक हल्ला चलेको छ । त्यो हल्ला हो, मंसिर एक गते भाइ टिका लगाउन अशुभ छ । कतिपयले दाईले यो भाइटिका लगाउन नहुने भन्दै छन् भने कतिपयले मंसिर एक नै अशुभ भनिरहेका छन् ।

यसको आधिकारीक जवाफ भने पञ्चाङ्ग निर्णायक समितिले दिएको छ । समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको समितिले जनाएके छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले फैलिएको यस्तो हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

यस पटक मलमासका कारण चाड पर्वहरु पछि सरेका थिए । त्यसैले तिहार पनि संसिरमा पुगेको हो । यस पटक तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाको पछि नलाग्न ढुंगेलले आग्रह गरेका हुन् ।

Must View