आँचलको आलोचकहरुलाई मन रुवाउने पत्र
1.8K
मलाई माया गर्ने, घृणा गर्ने सबै सबै’लाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा’ली स्वभावि’क हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु ।
मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियो’हरु मन पराइदि’नुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडि’योहरु गरिरहेको छु । चार वर्ष अघि किशोरा’वस्थामा रमाईरहेकी एउटा किशोरी’ले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।मेरो परिचय’मा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरु’लाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला ।