नागरिक पोष्ट News


प्रभु लाईफको मुनाफा र खुद बीमा शुल्क दोब्बरले बृद्धि

1.1K

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २५ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खद दाबी भुक्तानी गरेको थियो । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ९५ दशमलव ४० प्रतिशतले बढी हो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा १ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड २२ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५१ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६१ लाख ६८ हजार रुपैयाँ खद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ४३ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९५ प्रतिशतले बढी हो ।

 

Must View