नागरिक पोष्ट News


७ कोरोड भारु जीतेर रचिन् इतिहाँस दिल्लीकी नाजियाले

3.9K

भारतीय सीने जगतका महानायक अमिताभ बचनको ‘कौन बनेगा करोडपति’ यो १२ औं श्रृंखला हो । र यो १२ श्रृंखलाको कार्यक्रममा विजेता बनेकी छन् दिल्लीकी नाजिया नसिम । दिल्लीकी नाजिया नसिम १२ औं श्रृंखलाको पहिलो करोडपति बन्न सफल भएको समाचार भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ ।

११ औं श्रंखलासम्म आईपुग्दा कार्यक्रम प्रस्तोता अमिताभले नाजियालाई गरेको जस्तो तारिफ कुनै पनि सहभागहरुको गरेका थिएनन् । उनको खेलको एपिसोडको प्रोमो भिडिओमा नाजियाजस्ता प्रतियोगी निकै कम हुने भन्दै टिप्पणी गरेका थिए । अमिताभको यसै टिप्पणीबाट थाहा हुन्छ कि नाजिया कति ट्यालेन्ट रहिछन् भन्ने कुरा ।

नाजियालाई १ करोडको लागि सोधिएको थियो,‘यी मध्ये कुन अभिनेत्रीले एक पटक सर्वश्रेष्ठ महिला प्लेब्याक गायिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ?’

प्रश्नको अप्सनमा थियो दिपिका चिखलिया, रुपा गान्गुली, नीना गुप्ता वा किरन खेर । यी मध्ये एक सही जवाफलाई रोज्नु पर्ने थियो । नाजियाले यसको सही उत्तरमा भनिन्,‘रुपा गान्गुली’ उनको यही अन्तिम प्रश्नको उत्तरले उनलाई करोडको विजेता बनाईदियो ।

१ करोड जितेसँगै नाजियाले इन्डिया एक्सप्रेससँग कुरा गर्दै आफ्नो २० वर्ष अघिदेखिको सपना पूरा भएको बताएकी छिन् । साथै उनले ‘कौन बनेगा करोडपति’ कार्यक्रम केवल प्रश्न र उत्तरको खेल मात्र नभई मध्यमवर्गीय परिवारमा जन्मे हुर्केकाहरुका लागि आफैंभित्रको प्रतिभा चिन्ने र देखाउने मौका पाईने प्लेट फर्म भएको बताएकी छिन् ।

अन्तरवार्र्ताकै क्रममा उनले यो उपलब्धी हात पार्नुमा आफ्नी आमाले निरन्तर प्रेरित गरेको भन्दै सबै क्रेडिट आमालाई नै दिएकी थिईन् । नाजियाको यो जीतसंगै बसै मध्यमवर्गीय र निम्न वर्गीय परिवारकालागी ‘कौन बनेगा करोडपति’ साँच्चैको आशाको कार्यक्रा हो भन्ने साबित भएको छ ।

Must View