६४६ जना बिद्यार्थीहरुलाई चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौंद्वारा शैक्षिक सामाग्री बितरण
काठमाण्डौँ २७ । चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नसथापना समाज काठमाण्डौंद्वारा स्कुल झोला र स्टेश्नरीहरु विभिन्न स्कुलहरुमा वितरण गरेको छ । सो कार्यक्रम जनभावना क्याम्पसका पूर्व बिद्यार्थी संघका अध्यक्ष गोदावरी ९, छम्पी निवासी शैलेन्द्र बिष्टको पहलमा भएको थियो । बिद्यार्थीहरुका लागि आवश्यक पर्नै झोला तथा स्टेश्नरी सामानहरु गोदावरी नगरपालिकका बिभिन्न आधारभुत विद्यालयहरु रहेका थिए ।
जसमा गोदावरी नगरपालिका वार्ड नं ८ को चण्डिदेवी आधारभूत बिद्यालयमा १९२ जना बिधार्थीहरुलाई र वार्ड नं ७ को ज्वालादेवी आधारभूत बिधालयमा ३९ जना, श्री देवी माध्यामिक बिद्यालय देवीचौरमा १९५, दुधेश्वरी दुर्गा आधारभूत बिद्यालयमा २९, छोटिडाँडा आधारभूत बिधालयमा ४५ जना र श्री भिमशेन आदर्श माध्यामिकबिद्यालयमा १४६ जना गरि कुल ६४६ जना बिद्यार्थीहरुलाई कपी, कलम, जोमेट्री बक्स, रङ्ग, बितरण चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नसथापना समाज काठमाण्डौंले संयुक्त रुपमा गरेको थियो । गो. न.पा ९ निवासी युवा नेता सरोज बिष्ट, बिद्यालयका प्र.अ.हरु, शिक्षक ज्युहरु र वार्डका प्रतिनिधीहरुको उपस्थितिमा उक्त सामाग्रीहरु बितरण गरिएको थियो साथै उक्त कार्यक्रमको समन्वयकर्ता शैलेन्द्र बिष्ट लाई बिद्यालय तथा दाता संस्थाहरुद्वारा धन्यवाद दिइएको थियो ।