नेप्से माथि माथि चढ्दै, एकैदिन ४ अर्ब ८२ करोड बढीको शेयर कारोबार
2K
काठमाडौं, २७ कात्तिक । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १७१८.४९ अंकमा बन्द भएको छ । आइतबारदेखि निरन्तर बढेको बजार आज पनि १०.८२ अंकले बजार बढेको हो ।
१९८ ओटा कम्पनीको ४९ हजार ११७ पटकको कारोबारमा १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ५५ लाखभन्दा बढीको शेयर शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता १९ रुपैयाँले बढेर अन्तिम मूल्य ९८३ रुपैयाँ पुगेको हो ।