नागरिक पोष्ट News


ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

1.3K

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

बुधबार कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आव २०७५।०७६ को वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदन स्वीकृत गरेको छ । वित्तीय विवरण स्वीकृत गरेसँगै कम्पनीलाई आईपिओ जारी गर्ने बाटो खुलेको छ । कम्पनीले ६६ करोड रुपैयाँको आईपिओ सम्भ्वतः मंसिर महिनाभित्रैमा जारी गर्नेछ । कम्पनीको हाल चुक्ता पुँजि एक अर्ब ५४ करोड रुपैयाँ छ । आईपिओ जारी गरेपछि कम्पनीको कूल चुक्ता पुँजि एक अर्ब २० करोड पुग्नेछ ।

आज सम्पन्न साधारणसभाले साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ संकलन गरेको तथा ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ मात्रको जीवन बीमाकोष समेत खडा गरेको जानकारी दिएका छन् । साधारणसभामा कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले हालसम्म कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा स्थापना गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए ।

Must View