बुधबार शेयर बजार नेप्से २८ दशमलव ८९ अंकले बढ्यो
काठमाडौं । आज शेयर बजार नेप्से २८ दशमलव ८९ अंकले बढेर १,७०७ दशमदव ६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स कम्पनी बाहेक सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समुह र उत्पादनमुलक समुह बढेका छन् ।
आज दिनभरिमा १ सय ९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज भन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको १५ करोडमाथि, नागरिक लगानी कोषको १५ करोडमाथिको नेपाल लाइफ इन्स्योरेन्सको पनि १५ करोडमाथिकै कारोबार भएको छ । आज सबैभन्दा धेरै साल्ट ड्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् । नागरिक लगानी कोषका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतकबा दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले ४ दशमलवभन्दा बढीको दरले गुमाएका छन् ।