नागरिक पोष्ट News


कोरोना बीमाको भुक्तानी लिन यी कागज अनिवार्य चाहिने

1.8K

काठमाडौ । कोरोना बीमा गरेका संक्रमितहरुले आब बाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि बीमा कम्पनीहरुले भुक्तानी दिन लागेका हुन् ।

बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्ने निर्णय गरेको छ ।

लामो समय बिमित संक्रमितहरुले बिमा दाबीको भुक्तानी पाउन सकेका थिएनन् । सोमबार मात्रै अर्थमन्त्रालयले कागजपत्र पुगेका सबै दाबीको भुक्तानी गर्न निर्देशन दिएपछि भुक्तानी प्रक्रिया अघि बढेको हो । हाल १४ हजारभन्दा धेरैले बिमा रकम दाबी गर्दै निवेदन दिएका छन् ।

बिमाको भुक्तानी लिनका लागि कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बीमा लेखको प्रतिलिपि, पूर्ण रूपमा भरिएको दाबी फारम, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल बुझाउनुपर्छ। सरकारले कोरोनाको जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमा गराउने अभियान सुरु गरेको थियो ।

Must View