नागरिक पोष्ट News


कोरियामा नेपाली चेलीको सफलता : कोरियामै पिएचडी, दर्जनौँ नेपालीलाई रोजगारी

2.8K

दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी आस्था बिन्दुले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छिन भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् ।

३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्गा बहादुर मल्ल ठकुरी खानदानभित्रकी एक्ली सन्तान थिईन । उनको परिवारभित्र उनी छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन कुनै कुरामा परिबन्द र घेरा तोकिएन अनी यो ठिक त्यो बेठिक भन्ने बर्गिकरण गरिएन । जे राम्रो लाग्छ त्यो गर्न उनलाई स्वतन्त्रता थियो जसले गर्दा बिन्दु मल्लमा मात्र सिमित उनी, बाबामामुले आशा र भरोसा गदै देशको लागि पनि केहि गरेस भन्ने आशीस सहित आस्था बिन्दु मल्ल बाट परिचित हुँन पुगिन ।

जेभिएर एकेडेमीबाट बिज्ञानमा स्नातक एवं त्रिभुबन बिश्वबिद्यालयबाट बाताबरण बिज्ञानमा स्नाकोत्तर गरेपछि जे जे भोग्नुपर्छ म तयार छु एकाएक मैले आफनो दिमागलाई एकै चौटी ३६० डिग्रीमा घुमाए अनी रोजे कुनै बेला नेपालले केहि खाद्य सहयोग गरेको देश दक्षिण कोरिया, सउलको कफी टेम्पल क्याफेको अफोगेटो कफीको स्वादमा उनले जिबनका टर्निङ्ग प्वईन्टलाई ब्याख्या गरिरहँदा बिख्यात साहित्यकारले लेखेर तहल्कै मच्चाएको नोभेल्समा रहेका पात्रको कहानी भन्दा कम थिएन त्यो कथा जुन जो कोहीको लागि प्रेरणा हुँन सक्दथ्यो ।

दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलबायु तथा मौसम परिबर्तन बिषयमा बिद्याबारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु पक्कै सानो कुरो थिएन।

Must View