अमेरिकी राष्ट्रपतिमा बाइडेन निर्वाचित, बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई
2K
काठमाडौं । ४६ औं अमेरिकी राष्ट्रपति को भन्ने कुरा यस वर्ष सर्वाधिक चर्चामा रहन सफल विषय हो । विवादकाबीच डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् । उनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वका विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुले बधाई दिएका छन् ।
यो भिडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिनु भएके छ । प्रधानमन्त्री ओलीले पनि कमला ह्यारिसलाई प्रभावशाली र ऐतिहासिक जितका लागि बधाई ज्ञापन गर्नुभएको हो । साथै नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत बनाउनका लागि सहकार्य गर्ने पनि ओलीले उल्लेख गर्नुभएको छ ।