नेप्सेको बढेर साढे तीन अर्बभन्दा बढि कारोबार
1.9K
काठमाडौं । साताको पहिलो दिन (आईतबार) नेपाल स्टक एक्सचेन्जमा कारोबार र शेयर मूल्य दुवै बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ भने कारोबार साढे तीन अर्बभन्दा माथि पुगेको छ ।आइतबार नेप्से १२.४९ अंकले बृद्धि भई १६४८.५८ पुगेको छ । कूल १९८ वटा कम्पनीको एक करोड ८ लाख ६३ हजार ४५६ कित्ता शेयर तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार सानिमा जनरल इन्स्योरेन्स, साल्ट ट्रेडिङ, हिमालयन डिस्टीलरीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । त्यसैगरी, नेपाल फाईनान्सको शेयर मूल्यमा गिरावट आएको छ ।