नागरिक पोष्ट News


यसपाली तिहारमा देशभर देउसी भैलो खेल्न नपाइने

2.5K

काठमाडौँ । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताउनुभयो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिनुभएको हो ।

काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ । यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छध्रउपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो निषेध गरेका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जीवनप्रसाद दुलालले कोरोना महामारीका बेला देउसी भैलो निषेध गरिएको स्पष्ट गर्नुभयो । यसको औपचारिक निर्णय आउन बाँकी छ । तिहारमा कुनै पनि भीडभाड तथा कोरोना सङ्क्रमण फैलाउने किसिमका गतिविधि नगर्न सर्वसाधारणमा आग्रह गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Must View