नागरिक पोष्ट News


कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुदै स्वास्थ्य लाभको कामना गरौ

2K

कोरोनाभाइरस संक्रमित भएका हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा कठिनाइ आएपछि १९ कात्तिक बुधबार काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि गए रातिदेखि आईसीयूमा राखिएको छ। 

गजुरेलमा अक्सिजनको कमी भएको र फोक्सोमा संक्रमण देखिएको जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले जानकारी दिए। उनी संक्रमित भएयता डा. पाण्डेबाटै  सल्लाह-सुझाव लिंदै आएका छन्।

"गम्भीर अवस्था होइन, जोखिम ननिम्तिओस् भनेर राम्रो रेखदेखका लागि आईसीयूमा राखिएको जानकारी पाएको छु", डा. पाण्डेले हिमालखबरसँग भने, "उहाँसँग मेरो आज बिहान मात्रै फोनमा कुराकानी भएको थियो।"

कलाकार गजुरेलले गएको १० कात्तिकमा आफू कोरोना संक्रमित भएको फेसबूक मार्फत सार्वजनिक गरेका थिए। उनले घरमै आइसोलेसनमा बसेर घरेलु उपचारमा लागेको पनि जानकारी गराएका थिए। 

Must View