नागरिक पोष्ट News


तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश शेयर धनीको खातामा

1.8K
काठमाडौं - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।बैंकको असार २५ गते सम्पन्न तेर्हौं वार्षिक साधारणसभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित भए बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरिएको हो । बैंकले वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज हुँदा बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई कार्तिक १९ गते बुधबार गते उक्त बोनस शेयर शेयरधनीको हितग्राही जम्मा गरिसकेको जानकारी गराएको छ  । साथै २०७६ असार ३१ गते पश्चात शेयर खरिद गरी कायम भएका शेयरधनीहर्य्ले उक्त बैंकको मिति असार २५ गते सम्पन्न तेर्हौं वार्षिक सभाबाट पारित १२ प्रतिशतका दरको बोनस शेयर वापत लाग्ने कर शेयरधनी स्वयम्ले भुक्तानी गर्नुपर्ने हुँदा कर वापतको रकम जम्मा गरे पश्चात मात्र बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

Must View