कोरोना भाइरस संक्रमित लाई बचाउन‘प्लाज्मा’एन्ड्रोइड मोबाइल एप बजारमा
2.4K
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एk ahf/df ल्याएका छन् ।
सोमबारदेखि सार्वजनिक गरिएको नयाँ भर्सनको यो मोबाइल एपमार्फत प्लाज्मा दिन चाहने र लिन चाहनेलाई जोड्न सजिलो हुनेछ .। स्वास्थ्य मन्त्रालयले आइसीयूमा भएका र भेन्टिलेटरमा रहेका बिरामीलाई प्लाज्मा दिनुपर्ने बताउँछन् ।
पौडेलको समूहमा चार जना रहेका छन् । उनको नेतृत्वमा सशांक श्री न्यौपाने, मेली शाह र लभेश हमाल रहेका छन् ।
सशांक भन्छन्, ‘प्लेस्टोरमा प्लाज्मा भनेर टाइप गरेपछि एप देखिन्छ । त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । लिन दिन मिल्नेबीच सेयर गरिन्छ । आफै लेनदन गर्न सकिन्छ । हामीले एप बनाएर जोड्ने काम गरेको मात्र हो ।’