नागरिक पोष्ट News


उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना ! यस्तो छ ३ दिनको मौसमको पूर्ण विवरण

2.1K

काठमाडौं । मंगलबार  काठमाडौं उपत्याकसहित देशका विभिन्न भागहरुमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ । 

महाशाखाका अनुसार हाल प्रदेश १ को पहाडि भू–भागमा आन्शिक बदली रहेको छ भने सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आन्शिक देखि सामान्य बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १८ गते (मंगलबार):

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कार्तिक १९ गते (बुधबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कार्तिक १९ गते (बिहीबार):

दिउँसो : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम बदली : वर्षा र हिमपातको सम्भावना | NewsKarobar

Must View