म राजीनामा दिन्न, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो’ प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफु विरुद्ध भइरहेका गतिविधिका बारेमा कुनै जानकारी नभएको बताएका छन् । उनले कसैले विरोध गर्दैमा राजिनामा पनि नदिने स्पष्ट पारेका छन् ।
सञ्चारमाध्यममा हल्ला फैलिएको छ राजीनामाका बारेमा तर मैले किन राजिनामा दिने ? प्रधानमन्त्री ओलीले भने मैले राजिनामा दिनु भनेको देशलाई बार्बादीतिर लान दिनु हो । उनले केही ब्यक्तिहरुमा जे कुराको पनि विरोध गर्ने शैली भएकाले त्यही गरिरहेको प्रतिकृया दिएका छन् ।
म मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म प्रधानमन्त्री भएको हो । उनले यस्तो बेलामा आफुले राजिनामा दिनै नहुने बताएका छन् । जनताको बहुमतले प्रधानमन्त्री बनेको भन्दै कसैले चाहदैमा राजिनामा नदिने स्पष्ट पारेका छन् । देशलाई बर्बादीतिर जानवाट वचाउन पनि आफुले राजिनामा नदिने उनले बताएका छन् ।
बाहिर के भइरहेको छ भन्ने बारेमा आफुले चासो नराखेको र त्यसबारे थाहा पनि नभएको टिप्पणी गरेका छन् । “बाहिर तयारी गर्दैछन् भन्ने सुनेको छु के को तयारी हो ? तर त्यसले केही पनि हुने वाला छैन ।