रत्नपार्कमा निशुल्क खाना खुवाउने अभियान नरोकिने (भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।विश्वभर फैलिएको कोरोना भाईरसकौ कारणले गर्दा आफनौ दैनिक कामकाज गुमाएका मानिसहरुको लागि मध्यनजर गरी लक डाउन शुरु भए देखिनै हन्डेस गुप्स लगायत केही अभियन्ताहरुले खुलामञ्चमा समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको र खाना अब देखि नबाडनु भनेको छ भन्दै नागरिक पोष्टडटकाम सँग अभियान्ता अंशु यादबले बताएका थिए । महानगरपालिकाले भने हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
१०० ग्रुपका अन्सु यादव लगायतका सामाजिक सेवाकर्ताहरुलाई साथ दिदै ज्ञानेन्द्र शाही र पुण्य गौतमले निशुल्क खाना खुवाउने अभियानलाई कसैले रोक्न नसक्ने बताएका छन् । अंशु यादवले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई खाना खुवाउने अभियान जारी रहने नागरिकपोष्टलाई बताए ।
भिडियोसहित