नागरिक पोष्ट News


राष्ट्रिय जनगणनामा रोजगारको अवसरनै अवसर

1.5K

आगामी वि.सं २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनामा करिब ६० हजारले अस्थायी रोजगारी पाउने भएका छन् । प्रत्येक दस वर्षको गरिने जनगणनाका लागि करिब ६० हजारलाई रोजगारी दिने तयारी भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।राष्ट्रिय जनगणना कार्यमा आँकडा सङ्कलन, विश्लेषणदेखि प्रशोधनको कार्यसम्म झन्डै ६० हजार जनशक्ति लाग्ने अनुमान गरिएको हो । जनगणनाका लागि फिल्डमा मात्रै करिब ४२ हजार गणक र ९ हजार सुपरिवेक्षक परिचालन गर्ने तयारी गरिएको छ । यस वर्ष शिक्षकको स्थानमा बेरोजगार युवायुवतीलाई गणकको रूपमा परिचालन गर्ने तयारी थालिएको छ । उनीहरुले १ महिना अस्थायी रोजगारीको अवसर पाउनेछन् ।

गणकका लागि १२ कक्षा र सुपरिवेक्षकका लागि स्नातक तह पास गरेको हुनुपर्ने बताइएको छ । कागजी प्रश्नावली, ट्याबलेट र विदेशमा रहेका कूटनीतिक नियोगमा ई–सेन्सस प्रणालीबाट आगामी जनगणनामा गरिने विभागको भनाई छ । राष्ट्रिय जनगणनाका लागि अनलाइनमार्फत गणक र सुपरिवेक्षकको विज्ञापन खोलिने छ ।

अघिल्लो पटक जस्तो अगामी जनगणनमा शिक्षकलाई प्रयोग नगरिने भएको छ यद्यपि सुपरिवेक्षमकमा भने शिक्षकलाई राखिने भएको छ । गणकमा भने बेरोजगार रहेका युवायुवतीलाई प्राथमिकतामा राख्ने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ का निर्देशक डुन्डीराज लामिछानेले बताए ।

 

Must View