नागरिक पोष्ट News


पूजाको प्रसाद खाँदा एकै गाउँका ४० बढी बिरामी, अस्पतालमा बेड नहुँदा बिचल्ली

1.9K

काठमाडौ । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । उपचारका लागि उनीहरुलाई अस्पतालमा बेड खाली नहुँदा बिचल्ली भएको छ । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोरोनाको बिरामीले अस्पताल भरिएका कारण उनीहरुले उचित उपचार पनि पाउन सकेका छैनन् ।

कोजाग्रत पूर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला भएर दत्तले बाँडेको पूजाको प्रसाद खाएकाहरु बिरामी परेका हुन् । विरामी भएकाहरुको अहिले रंगेली अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनीहरुलाई झाडापखालाको लक्षण देखिएको हो । प्रसाद खाएको २४ घन्टा नबित्दै उनीहरुमा झाडापखाला सुरु भएको थियो । मण्डलका अनुसार प्रसाद खाएकालाई ुफुड पोइजनु भएको र उनीहरुमा झाडापखाला, बान्ता, ज्वरो र पेट दुख्ने समस्या देखिएको छ । 

Must View