नागरिक पोष्ट News


शेयर कारोबारमा अनलाईन कारोबारले लगानीकर्तालाई सहज

1.3K

काठमाडौं, १६ कात्तिक । यो साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार ४.७२ अंकले घटेको छ । नेप्से परिसूचक १६४०.९५ विन्दुमा झरेको छ । १ सय ९६ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।कारोबारमा आएका १२ समूह मध्ये ५ समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको उपसूचक २९.४१ अंकले बढेको छ भने सबैभन्दा धेरै होटल समूहको उपसूचक १५.२९ अंकले घटेको छ ।

त्यस्तै सो दिन सबैभन्दा धेरै शेयर कारोबार शिब श्री हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको २३ करोड २७ लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ। त्यस्तै, सबैभन्दा धेरै कमाउनेमा भने यो दिन हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्य १८ अंकले बढेको छ भने सानिमा क्यापिटलका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । क्यापिटलको शेयर मूल्यमा ०.५६ अंकको मात्र गिरावट आएको छ ।

पछिल्लो समय अनलाईन कारोबारमा जोड दिएसँगै शेयर कारोबारमा लगानीकर्ताहरु बढेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिले १ लाख ५३ हजार र ५ सय १५ जनाले अनलाईन मार्फत शेयर कारोबार गर्दै आएका छन् । अनलाईन कारोबारले लगानीकर्तालाई सहज भएको कारण पनि पछिल्लो समय कारोबार रकममा बृद्धि भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद्ले बताए । यस्तै बैंकको घट्दो ब्याजदर र सहज कर्जाका कारण पनि शेयर खरिदमा लगानीकर्ताहरुको आकर्षण देखिएको विश्लेषण गरिएको छ।

Must View