नागरिक पोष्ट News


किन निशुल्क खाना अभियान रोक्दै छ महानगर

3.2K

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।विश्वभर फैलिएको कोरोना भाईरसकौ कारणले गर्दा आफनौ दैनिक कामकाज गुमाएका मानिसहरुको लागि मध्यनजर गरी लक डाउन शुरु भए देखिनै हन्डेस गुप्स लगायत केही अभियन्ताहरुले खुलामञ्चमा समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको र खाना अब देखि नबाडनु भनेको छ भन्दै नागरिक पोष्टडटकाम सँग अभियान्ता अंशु यादबले बताएका थिए । आज सोमबार महानगरपालिका र जिला प्रशासन कार्यालयकौ आदेश छ भन्दै फोन मार्फत खाना नबाड्न भनिएकौ छ भनेर अभियान्ता अंशु यादवलाई फौन आएको उनी बताउछन । साथै आज खाना बनी सकेको र यसलाई खैरा फाल्नु हुदैन भन्दै अशु यादव आफु खाना बाड्न जान लागेको पनि उनले भने । उता महानगरपालिकाले भने हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।  

Must View