नागरिक पोष्ट News


कुमारी बैंकको फोनलोन सुविधा

1.8K

ठमाडौं, १७ कात्तिक । कुमारी बैंकले फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको छ । यसले आफ्ना ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने छन् भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भ ।

आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनमा बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास व्यक्त गरेको छ।

Must View