नागरिक पोष्ट News


मन्त्रिमण्डल पुनर्गठनवारे कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ओली निकटका मन्त्री हटाउँदै

1.7K

काठमाडौ । कर्णाली प्रदेशमा पूर्व माओवादी र पूर्व एमालेका नेताहरुबीचको टकरावका कारण भएको विवादले नयाँ रुप लिने भएको छ । आफु विरुद्ध अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कठोर भएका छन् ।

उनले पूर्व एमालेवाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी थालेका छन् । यसवारे आइतवार नै निर्णय गर्ने मनस्थितिमा रहेका शाहीले केही दिनमै मन्त्रिमन्डल पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् ।

आफ्ना नजिकका नेता र पूर्व एमालेका माधव नेपाल समुहसंगको छलफल पछि शाही यस्तो निर्णयमा पुगेका हुन् । तत्काल मन्त्रीमण्डल पुनर्गठनका लागि उनले छलफल तिब्र पारेका थिए । छलफल पछि मुख्यमन्त्री शाहीले मन्त्री हेरफेरको काम आज नगरी एक–दुई दिनभित्र गर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

आइतबार बिहान पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा सोहि प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितका नेताहरुसँग परामर्श गरेका थिए ।

कर्णालीमा देखिएको यस्तो विवादको प्रभाव केन्द्रमा पनि परेको छ । लामो समय देखि नेकपाका दुई अध्यक्षको कुराकानी समेत हुन सकेको थिएन । शनिवार धेरै लामो समयपछि दुई अध्यक्षकाबीच कुराकानी भएको छ । केन्द्रमा दुई अध्यक्षबिच संवादको वातावरण बनेकोले मन्त्रीमण्डल पुनर्गठनको समय पनि केही दिन पर धकेलिएको हो ।

वरिष्ठनेता माधवकुमार नेपाल पक्षले यसअघि नै मुगुका चन्द्रबहादुर शाही, दैलेखका अमरबहादुर थापा र जाजरकोटका करवीर शाही मध्येबाट मन्त्री बनाउन नाम दिइसकेको छ।

त्यसैगरी माओवादीबाट बिन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री बनाउने लिष्ट दिएको छ । ओली निकटका केही मन्त्रीहरुले आफुहरु अब मन्त्रीपरिषद्मा नरहने संकेत सामाजिक सञ्जालवाट गरिसकेका छन् ।

Must View