नागरिक पोष्ट News


सरकारी अस्पतालहरुलाई काेराेना बिरामीसँग धराैटी नलिन आदेश

2K

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएका छन् ।

गाैतमले धराैटी माग्ने सबै अस्पताललाई स्पष्टिकरण पनि मागेकाे बताए । उनले अस्पतालहरुले सक्नेलाई शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्नुपर्ने सरकारी नियम पालना गर्नुपर्ने बताए ।

Must View