नागरिक पोष्ट News


दीर्घ-कोभिड के हो ? खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण

2.3K

यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र दे’ख्न स’मस्या हुने, टाउको दु’ख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

नर्थवेस्टर्न युनिवर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोरलनिकका अनुसार ज्वरो, खोकी वा श्वासप्रश्वास स’मस्या भन्दा पनि कोभिड सं’क्रमण सुरुमा न्यूरोलजिकल लक्षणहरूको देखा पर्न सक्छन् ।

अध्यनानुसर विभिन्न उमेर समूह, जाति र स्वास्थ्य अवस्थाका मानिसहरूमा भाइरस पूर्णरूपमा विचित्र तरिकाले प्रकट भइरहेको प्रष्ट देखिन्छ । को’रोना भा’इरसको सं’क्रमण घाँटीमा खसखस, ज्व’रो, खोकी र थ’कानबाट सुरु हुन सक्छ । तर, सबै मानिसहरूमा यस्तो हुन्छ भन्ने हुँदैन ।

अधिक व्यक्तिहरूले सं’क्रमण पुष्टि हुनअगाडी ज्व’रो र खोकीभन्दा पनि टाउको दुख्ने, गन्ध वा स्वाद ह’राउनेसहितका लक्षण देखिदै आएका रिपोर्टहरु आउँ थालेका छन्। यी लक्षणहरूले कोभिड श्वासप्रश्वासको रो’ग मात्र नभई यसले बि’रामीहरूमा सम्पूर्ण स्नायु प्रणालीमा आ’क्रमण गर्ने देखाएको छ ।

न्युरोलोजीको अन्नाल्समा प्रकाशित एक अध्ययनअनुसार सुख्खा खोकी, घाँटी खसखस वा ज्व’रोबाहेक टाउको दुख्ने, रिँगटा लाग्ने, स्ट्रोक र सतर्कतामा कमीसहित न्यूरोलजिकल लक्षणहरू देखिएको बि’रामीहरूको संख्या बढी छ । यसका साथै बि’रामीहरूले गन्ध र स्वादको क्षति, ध्यान केन्द्रित गर्नमा कठिनाइ र मुर्छा पर्नुलगायतका अन्य न्यूरोलजिकल लक्षणहरू देखा परेको अध्ययनका अन्वे’षकहरूले बताएका छन् ।

को’रोना भा’इरस: किन केही मानिसहरू लामो समयसम्म स’ङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, क’डा दु’खाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रो’ग बनेको छ। “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थ’कान हुने कुरा अब सामान्य बनिसकेको छ।

Must View