नागरिक पोष्ट News


कोरोना संक्रमण भए खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण : दीर्घ-कोभिड के हो?

2.9K

काठमाडौँ । सुरुको अबस्थामा श्वासप्रश्वासमा असर गर्ने खालको सबै लक्षणहरू देखा पर्ने भएकोले कोभिड १९ लाई सुरुवातमा निमोनियाजस्तो रोगको रूपमा हेरिएको थियो । तर, कोभिडको विषयमा विभिन्न अध्ययनहरू हुँदै जाँदा यसले टाउकोदेखि पैतालासम्म सम्पूर्ण शरीरलाई असर गर्न सक्ने देखिएको हो ।

अध्यनानुसर विभिन्न उमेर समूह, जाति र स्वास्थ्य अवस्थाका मानिसहरूमा भाइरस पूर्णरूपमा विचित्र तरिकाले प्रकट भइरहेको प्रष्ट देखिन्छ । को’रोना भा’इरसको सं’क्रमण घाँटीमा खसखस, ज्व’रो, खोकी र थ’कानबाट सुरु हुन सक्छ । तर, सबै मानिसहरूमा यस्तो हुन्छ भन्ने हुँदैन ।

दीर्घ-कोभिड के हो?

यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र दे’ख्न स’मस्या हुने, टाउको दु’ख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

अधिक व्यक्तिहरूले सं’क्रमण पुष्टि हुनअगाडी ज्व’रो र खोकीभन्दा पनि टाउको दुख्ने, गन्ध वा स्वाद ह’राउनेसहितका लक्षण देखिदै आएका रिपोर्टहरु आउँ थालेका छन्। यी लक्षणहरूले कोभिड श्वासप्रश्वासको रो’ग मात्र नभई यसले बि’रामीहरूमा सम्पूर्ण स्नायु प्रणालीमा आ’क्रमण गर्ने देखाएको छ ।

न्युरोलोजीको अन्नाल्समा प्रकाशित एक अध्ययनअनुसार सुख्खा खोकी, घाँटी खसखस वा ज्व’रोबाहेक टाउको दुख्ने, रिँगटा लाग्ने, स्ट्रोक र सतर्कतामा कमीसहित न्यूरोलजिकल लक्षणहरू देखिएको बि’रामीहरूको संख्या बढी छ । यसका साथै बि’रामीहरूले गन्ध र स्वादको क्षति, ध्यान केन्द्रित गर्नमा कठिनाइ र मुर्छा पर्नुलगायतका अन्य न्यूरोलजिकल लक्षणहरू देखा परेको अध्ययनका अन्वे’षकहरूले बताएका छन् ।

कोभिडको बताइएका लक्षणहरू देखा पर्नुभन्दा पहिले देखिने न्यूरोलजिकल लक्षणहरूको बारेमा बुझ्न अन्वेषकहरूले उत्तर पश्चिमी मेडिसिनका १९ को’रोना भा’इरस बि’रामीहरूको विश्लेषण गरेका थिए । नर्थवेस्टर्न युनिवर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोरलनिकका अनुसार ज्वरो, खोकी वा श्वासप्रश्वास स’मस्या भन्दा पनि कोभिड सं’क्रमण सुरुमा न्यूरोलजिकल लक्षणहरूको देखा पर्न सक्छन् ।

को’रोना भा’इरस: किन केही मानिसहरू लामो समयसम्म स’ङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, क’डा दु’खाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रो’ग बनेको छ। “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थ’कान हुने कुरा अब सामान्य बनिसकेको छ।

Must View