नागरिक पोष्ट News


पर्यटक आकर्षणको केन्द्र गुराँस भ्यूटावर, भ्यूटावरबाट सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिने

2.4K

दैलेख । सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिइ सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर(दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ ।

माथिल्लो कर्णाली जाने यात्रुहरुले समेत यही सडक प्रयोग गर्ने हुँदा गुराँसेमा यात्रुहरुको बाक्लो चाप हुने गर्दछ । कोरोना भाइरसको त्रासका बीच पनि यात्रुहरुको रोजाइँमा भ्यूटावर बन्ने गरेको छ । अग्लो डाँडा, त्यसैमाथि भ्यूटावर, फूलसहितको गुराँसको रुख, रुखमा बसेका डाँफेलगायतका चराको आकृति देख्न पाइन्छ यहाँ । भ्यूटावरबाट सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिमका विभिन्न भूभागदेखि सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिन्छ । प्रदेश राजधानी वीरेन्द्रनगरबाट घुमफिरका लागि त्यहाँ पुग्नेहरुको सङ्ख्या उत्तिकै हुन्छ । अझ यो सङ्ख्या बिदाका दिन बढी हुने गरेको स्थानीयवासी बताउँछन् । भ्यूटावर तथा उद्यानका कारण चहलपहल बढ्नुका साथै आसपासका होटल व्यवसायले गति लिन थालेका छन् ।

Must View