कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएपनि पत्रकार विष्णुप्रसाद चौलागाईको मृत्यु
काभ्रेपलाञ्चोक – कोरोना भाइरस् सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई छन् ।
मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताउनुभयो । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।
पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित चौलागाईमा कोरोना सङ्क्रमण देखिए पनि हप्ता दिनअघि सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।